Kathmandu Press

सैन्य अभ्यास बढाउँदै चीन, ताइवान नजिक २ मिसाइल प्रक्षेपण 

काठमाडौं, साउन १९ : ताइवान प्रकरणमा चीन र अमेरिकाबीच तनाव उत्पन्न भइरहेको समयमा चीनले सैन्य अभ्यास बढाएको छ ।रोयटर्सका अनुसार बिहीबारे चीनले ताइवानको उत्तर...
सैन्य अभ्यास बढाउँदै चीन, ताइवान नजिक २ मिसाइल प्रक्षेपण 

काठमाडौं, साउन १९ : ताइवान प्रकरणमा चीन र अमेरिकाबीच तनाव उत्पन्न भइरहेको समयमा चीनले सैन्य अभ्यास बढाएको छ ।

रोयटर्सका अनुसार बिहीबारे चीनले ताइवानको उत्तर पूर्वी तटबाट केही दुरीमा रहेको ड्रिल जोनबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपाण गरेको हो।

उक्त समाचारलाई चीनको स्टेट मिडियाहरुले पनि पुष्टि गरिसकेको बीबीसीले जनाएको छ । यस घटनालाई ताइवानले चीनको गैरजिम्मेवारीपन बताएको छ भने उसले पनि अवस्थालाई नजिकबाट नियालीरहेको बताएको छ । 

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीन आक्रोशित भएको हो । उसले अमेरिकी सभामुखको भ्रमणलाई लिएर चर्को निन्दा गर्दै आइरहेको छ । पेलोसी फर्कनेबित्तिकै चीनले सैन्य अभ्यास बढाएको हो । 

यस सैन्य अभ्यासलाई चीनको अहिलेसम्मकै ठूलो अभ्यासका रुपमा लिइएको छ । 
 

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्