कगंनासँग काम गर्न एनटीआरद्वारा अस्वीकार
काठमाडौं, मंसिर ८ : बलिउड अभिनेत्री कंगना रनौट अहिले चलचित्र ‘थलाइवी’को सुटिङमा व्यस्त रहेकी छन्। उनले तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिथ....

काठमाडौं, मंसिर ८ : बलिउड अभिनेत्री कंगना रनौट अहिले चलचित्र ‘थलाइवी’को सुटिङमा व्यस्त रहेकी छन्। उनले तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिथाको जीवनीमा आधारित बायोपिकमा काम गरिरहेकी छन्।
यसमा उनीसँग काम गर्न दक्षिण भारतीय स्टार जुनियर एनटीआरले भने अस्वीकार गरेका छन्। यसमा उनलाई हजुरबुबा एनटी रामा रावको भूमिकामा खेल्न प्रस्ताव गरिएको थियो।
भारतीय संचारमाध्यमका अनुसार, उनले काम नगर्ने जनाएका छन्। ‘हुन त म एक अभिनेता हुँ तर म आफ्ना हजुरबुबाको भूमिका कहिल्यै गर्न सक्दिन,’ उनले अस्वीकार गर्नु कारण खुलाउँदै भनेका छन्, ‘हजुरबुबाको भूमिका गर्नु मेरा लागि असम्भव छ। किनकी अनुभवी कलाकारको भूमिका निभाउनु निकै कठिन हुन्छ।’
जयललिथा राजनीतिमा आउनुअघि अभियनमा थिइन्। उनी त्यतिवेला चर्चित अभिनेत्री थिइन्। एनटी रामा रावसँग उनले कयौं फिल्ममा एकसाथ काम गरेकी थिइन्। त्यसैले यस बायोपिक सिनेमामा उनको महत्वपूर्ण भूमिका हुने अपेक्षा गरिदैं आइएको थियो।
सिनेमालाई लिएर कंगना एकदमै उत्साहित छिन्। सुटिङसँगै सिनेमाको टिजरसमेत सार्वजनिक भइसकेको छ। यो फिल्मलाई हिन्दी, तमिल र तेलेगु भाषामा रिलिज हुने जनाएको छ।












