इन्जिनबाट धुवाँ निस्केपछि काठमाडौं उडेको श्री एयरको विमान नेपालगञ्ज फर्काइयो
नेपालगञ्जबाट उँडेको केहीबेरमा नै इन्जिनबाट धुवाँ निस्केपछि श्री एयरको ९ एन–एएनएफ जहाजलाई पुनः नेपालगञ्ज विमानस्थल फर्काइएको हो ।
काठमाडौं, साउन १९ : विमानको इन्जिनमा समस्या देखिएपछि काठमाडौं उडेको श्री एयरलाइन्सको विमान पुनः नेपालगञ्ज विमानस्थल फर्काइएको छ ।
नेपालगञ्जबाट उँडेको केहीबेरमा नै इन्जिनबाट धुवाँ निस्केपछि श्री एयरको ९ एन–एएनएफ जहाजलाई पुनः नेपालगञ्ज विमानस्थल फर्काइएको हो । नेपालगञ्ज विमानस्थलका अनुसार इन्जिनमा खराबी देखिएपछि जहाजलाई सुरक्षित अवतरण गराइएको हो ।
जहाजमा चालक दलसहित ७९ जना यात्रु सवार थिए । नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएपछि जहाजको प्राविधिक चेकजाँच सुरु गरिएको छ।
प्रकाशित मिति: ११:२२ बजे, बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











