Kathmandu Press

१ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं, साउन १९ : आज दिउँसो १ बजे मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्दै छ ।बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्न...
१ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं, साउन १९ : आज दिउँसो १ बजे मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्दै छ ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्न सक्ने बताइएको छ।

बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४मा निर्वाचन गर्ने विषयमा सहमति गरेको थियो । सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले पनि निर्वाचनको मिति तोक्न सक्ने बताइएको छ।

निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो।

 

प्रकाशित मिति: १०:२३ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्