दक्षिण कोरियालीमा राजदूतमा ज्योति प्याकुरेल

काठमाडौं, साउन १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी) लाई गणतन्त्र दक्षिण कोरियाको राजदूत नियुक्त गरेकी छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्याकुरेललाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १९:४४ बजे, बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











