'बेटी पढाऔं, बेटी बचाऔं' कार्यक्रममा भ्रष्टाचार भए अख्तियारकाे ठहर
काठमाडाैं, साउन १८ : मधेश प्रदेश सरकारले सञ्चालन गरेको 'बेटी पढाऔं, बेटी बचाऔं' कार्यक्रममा भ्रष्टाचार भएको पाइएकाे छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यक्रम...
काठमाडाैं, साउन १८ : मधेश प्रदेश सरकारले सञ्चालन गरेको 'बेटी पढाऔं, बेटी बचाऔं' कार्यक्रममा भ्रष्टाचार भएको पाइएकाे छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यक्रम अन्तर्गत साइकल खरिदकाे क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेकाे हाे।
अख्तियारले मधेश प्रदेशका प्रमुख सचिवसहित केही सरकारी कर्मचारीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारमुद्दा दायर गर्ने निर्णय गरेको छ।
मधेश प्रदेश सरकारले छोरी पढाउन अभिप्रेरित गर्ने उद्देश्यले विद्यालय तहमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गर्ने कार्यक्रम ल्याएकाे थियाे।
प्रकाशित मिति: १८:२८ बजे, बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











