पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम
काठमाडौं, साउन १८ : नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ । निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि...
काठमाडौं, साउन १८ : नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ ।
निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको हो ।
‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आईओसी) लाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ ।
प्रकाशित मिति: १८:२५ बजे, बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











