मंसिर ४ मा निर्वाचन गर्न गठबन्धनका शीर्ष नेताहरू सहमत
सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावबारे छलफल भएको थियो। सोही छलफलमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको हो।
काठमाडौं, साउन १७ : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सहमत भएका छन्।
भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरिएने एक नेताले बताए।
सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावबारे छलफल भएको थियो। सोही छलफलमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको हो।
निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सिफारिस गरेकाे थियाे। तर पाँचदलीय गठबन्धनका नेताहरूले मंसिर ४ गते निर्वाचन हुने सम्भावना रहेकाे बताउँदै आएका थिए।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको उपस्थिति थियाे।
प्रकाशित मिति: १८:०५ बजे, बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











