Kathmandu Press

सप्तकोसी नदीको बहावप्रति मुख्यमन्त्री राईद्वारा चिन्ता व्यक्त

काठमाडाैं, साउन १८ : सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानव बस्तीतर्फ प्रवेश गरेकामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त...
सप्तकोसी नदीको बहावप्रति मुख्यमन्त्री राईद्वारा चिन्ता व्यक्त

काठमाडाैं, साउन १८ : सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानव बस्तीतर्फ प्रवेश गरेकामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन्।

मुख्यमन्त्री राईले आज एक प्रेस नोट जारी गर्दै नदीको बहाव पश्चिमतर्फ बढ्दा प्रदेश १ को सुनसरी बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकामा आफू चिन्तित भएको उल्लेख गर्नुभएको छ। 

मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका बासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह्वान गरेका छन्। उनले नदीको बहाव बस्तीतर्फ प्रवेश गर्दा हुन सक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रसलगायत निकायलाई निर्देशन गरेका छन्। 

तुरुन्त राहत दिनुपर्ने अवस्थाका लागि विभित्र सामाजिक सङ्घसंस्था सक्रिय हुने अपेक्षासहित मुख्यमन्त्री राईले यथेष्ट राहत र उद्धारका लागि प्रदेश १ सरकार प्रतिबद्ध रहेको बताएका छन्। मुख्यमन्त्री राई अहिले कोभिड सङक्रमित भई स्वास्थ्यलाभ गरिरहेका छन्।

२०६५ भदौ महिनाको पहिलो साता सप्तकोसी नदीमा आएको बाढी र कटानले तत्कालीन सुनसरीको पश्चिम कुसहा बाँध भत्किएपछि सुनसरीको मधुवन, लौकही, पश्चिम कुसहा, हरिपुर, श्रीपुरलगायत र भारततर्फ निकै ठूलो क्षति भएको थियो। बाँध भत्किन नदिन तत्काल सो क्षेत्रमा युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता देखिन्छ।

प्रकाशित मिति: १७:४८ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्