काठमाडौं उपत्यकामा थपिए ४२२ कोरोना संक्रमित
काठमाडौं, साउन १८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ३ सय ३७, ललितपुरमा ५३...
काठमाडौं, साउन १८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ३ सय ३७, ललितपुरमा ५३ र भक्तपुरमा ३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८० पुगेको छ। तीमध्ये काठमाडौंमा ३ हजार १ सय ५, ललितपुरमा ६ सय ८० र भक्तपुरमा ६२ रहेको मन्त्रालयले जनाएको छ।
बुधबार देशभर९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ सय ४ सय ३३ पुगेको छ।
प्रकाशित मिति: १७:१७ बजे, बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











