५८ लाख १० हजार मूल्य बराबरको लागू औषधसहित २२ जना पक्राउ
लागूऔषध नियन्त्रण ब्युरो (नार्कोटिक्स ब्युरो) ले ४५९ ग्राम हेरोईन, १ हजार १८० बोतल डायलेक्स डिसी, १२६० थान नाइट्राभेट ट्याबलेट, १५० क्याप्सुल प्रोक्सीभनसहित काठमाडाैं उपत्यकाका विभिन्न स्थानबाट २२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
काठमाडौं, साउन १८ : प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित २२ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो (नार्कोटिक्स ब्युरो) ले ४५९ ग्राम हेरोईन, १ हजार १८० बोतल डायलेक्स डिसी, १२६० थान नाइट्राभेट ट्याबलेट, १५० क्याप्सुल प्रोक्सीभनसहित काठमाडाैं उपत्यकाका विभिन्न स्थानबाट २२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा ताप्लेजुङकी तुलसा खड्का, सुनसरीका युवराज खड्का, रौतहटका किशोर चौलागाईँ, सिन्धुपाल्चोकका मान बहादुर तामाङ, सर्लाहीका बुद्धबहादुर बोम्जन, सर्लाहीका विपिन कुसहवा, रौतहटका सुभाष राय यादव, मोहमद आसफाक आलम, सर्लाहीका रतन मोक्तान र दिपक श्रेष्ठ रहेका छन्।
त्यस्तै ताप्लेजुङका राजकुमार तामाङ, शुशिला तामाङ, झापाका संचमाया तामाङ तामाङ, मनिराज लिम्बु, बझाङका उपेन्द्र जाग्री, झापाका प्रेम हाङ सेलिङ, योगेश लिङ्देन, विदुर आङवो, रामेछापकी जुनमाई मोक्तान, इलामका दिपेश विश्वकर्मा र पाँचथरका काजीमान गुरुङ रहेका छन् ।

उनीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी एसपी योगेन्द्र कुमार खड्काले जानकारी दिएका छन् ।
बरामद भएको लागूऔषधको अवैध बजार मूल्य ५८ लाख १० हजार ८०० रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।