Kathmandu Press

थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ३ हजार ९१ पिसिआर परीक्षणका क्रममा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टीजेन परीक्षणका क्रममा ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, साउन १८ : नेपालमा पछिल्लाे २४ घन्टामा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ९१ पिसिआर परीक्षणका क्रममा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टिजेन परीक्षणका क्रममा ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ३ सय १ जना निको भएका छन्। हाल नेपालमा ५ सय ४ सय ३३ सक्रिय संक्रमित आइसाेलेनमा छन्। 

होम आइसोलेसनमा पाँच हजार दुई सय ७५, संस्थागत आइसोलेसनमा एक सय ५८ आइसियुमा ४३ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ ।

नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६८ पुगेको छ। त्यसैगरी पछिल्लो समय ५५ हजार ५ सय ५९ ले खोप लगाइसकेका छन्।

 

प्रकाशित मिति: १६:४६ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्