Kathmandu Press

बालुवाटारमा गठबन्धनको बैठक जारी 

काठमाडौं, साउन १८ : सत्तारुढ गठबन्धन दलको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजेदेखि सुरु भएको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...
बालुवाटारमा गठबन्धनको बैठक जारी 

काठमाडौं, साउन १८ : सत्तारुढ गठबन्धन दलको बैठक जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजेदेखि सुरु भएको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्।

बैठकमा संघ र प्रदेशको निर्वाचन मिति घोषणाबारे छलफल भइरहेको उनले बताएका छन्। 

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको उपस्थिति छ।

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्