Kathmandu Press

सुन चाेरीकाे आराेप लागेका लामिछानेलाई नियन्त्रणमा लिन राेकिएकाे विमान उड्याे मुम्बई

काठमाडौं, साउन १८ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतको मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमानबाट एक सुन व्यवसायीलाई पक्राउ गरेको छ।...
सुन चाेरीकाे आराेप लागेका लामिछानेलाई नियन्त्रणमा लिन राेकिएकाे विमान उड्याे मुम्बई

काठमाडौं, साउन १८ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतको मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमानबाट एक सुन व्यवसायीलाई पक्राउ गरेको छ। पक्राउ पर्ने ती व्यक्ति सन्तोष लामिछाने रहेको प्रहरीको भनाइ छ।

उनी पत्नीसहित सुनचाँदी व्यवसायी संघका पदाधिकारीसँगै मुम्बई जान लागेका थिए। सुन चोरीको आरोप लागेका लामिछानेविरुद्ध कैलाली प्रहरीमा उजुरी परेको सूचना पाइएपछि सिआइबीको टोलीले उड्नै लागेको विमान रोकेर चेकजाँच गरेको थियो।

भारतबाट आएका लामिछाने सुन चोरीपछि भारत नै फर्कन लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएकाे छ। 

विमानमा अधिकांश सुनचाँदी व्यवसायी रहेको र उनीहरु मुम्बई भ्रमणमा जान लागेको बुझिएको छ। 

विमानमा एक शंकास्पद यात्रु रहेको विशेष सूचना आएको भन्दै काठमाडौंदेखि १ बजेर १० मिनेटमा भारतको मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको विमान प्रहरीले रोकेर चेकजाँच गरेको थियो।

विमान चेकजाँचका क्रममा उडान तीन घन्टा ‘डिले’ भएको थियो। लामिछानेलाई नियन्त्रणमा परेपछि बाँकी यात्रु लिएर विमान मुम्बई उडिसकेकाे जनाइएकाे छ। 

प्रकाशित मिति: १६:१६ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्