Kathmandu Press

मुम्बई उड्न लागेको विमान प्रहरीले किन रोक्याे ?

काठमाडौं, साउन १८ : काठमाडौंदेखि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकेको छ।विमानमा एक शंकास्पद यात्रु रहेको विशेष सूचना आएको भन्दै...
मुम्बई उड्न लागेको विमान प्रहरीले किन रोक्याे ?

काठमाडौं, साउन १८ : काठमाडौंदेखि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकेको छ।

विमानमा एक शंकास्पद यात्रु रहेको विशेष सूचना आएको भन्दै प्रहरीले चेकजाँचका लागि मुम्बई उड्न लागेको विमान रोकेको उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ।

हेडक्वार्टरबाट आएको सूचनाका आधारमा विमान रोकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विमानलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको र शंकास्पद दुई जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ। उनीहरू पतिपत्नी रहेकाे प्रहरीकाे भनाइ छ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १ बजेर १० मिनेटमा मुम्बई उड्नुपर्ने विमानलाई प्रहरीको आग्रहमा रोकिएको हो।

सुन तस्करीमा संलग्न शंकास्पद व्यक्ति विमानमा चढेको भन्ने सूचना आएको भन्दै प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकी सबै यात्रुलाई झारिएको थियो।

फेरि जाँच गरेर यात्रुहरूलाई विमानमा चढाएपछि मुम्बईका लागि विमान उड्ने बताइएको छ।

प्रकाशित मिति: १५:२९ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्