Kathmandu Press

मिटरब्याजी पीडितद्वारा माइतीघरमा धर्ना

काठमाठाैं, साउन १८ : नवलपरासी सुस्ताका मिटर ब्याजी पीडितहरुले पुनः माइतीघरमा धर्ना दिएका छन्। यसअघि गृहमन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगीत गरेर घर...
मिटरब्याजी पीडितद्वारा माइतीघरमा धर्ना

काठमाठाैं, साउन १८ : नवलपरासी सुस्ताका मिटर ब्याजी पीडितहरुले पुनः माइतीघरमा धर्ना दिएका छन्। 

यसअघि गृहमन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगीत गरेर घर फर्केका उनीहरुले पुनः  काठमाडौंको माइतिघरमा धर्ना दिएका हुन्।

सरकारसंगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरुले जनाएका छन्। मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको अगुवाईमा भएका धर्नामा सहभागीहरुले भूमिहीन बनाइएका किसान-मजदुरको जमिनको तमसुक फिर्ता दिनुपर्ने, ज्यादा लिइएको पैसा फिर्ता गर्नुपर्ने माग राखेका छन्।

नवलपरासी सुस्ताबाट धर्नामा आएका रामसुवक मुसहरले  यसअघि गृह मन्त्रालयसंगको छलफलपछि घर फर्केपनि आफुहरुको समस्या समाधान हुन नसकेको बताए। जमिनको फुकुवा गर्दै तमसुक नदिएका कारण नै दोस्राे पटक धर्ना बस्नुपरेको उनको भनाइ छ।

पीडितहरुले भूमिहीन बनाइएका किसानहरुको जमिन फिर्ता गरि कानुनले तोके बमोजिमको व्याज बाहेकको सबै रकम क्षतिपुर्ति सहित फिर्ता गर्नुपर्ने जनाएका छन्।

प्रकाशित मिति: १५:१२ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्