मदन भण्डारी विश्वविद्यालयकाे व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
काठमाडौं, साउन १८ : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ।संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई...
काठमाडौं, साउन १८ : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको विधेयकलाई आज (बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी हुन्।
संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका हुन्।
सो विधेयक गत असार २० गते प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको थियो। राष्ट्रिय सभाले साउन १० गते पारित गरेको थियो।
राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यो विधेयक ऐनका रुपमा लागु भएको छ।

प्रकाशित मिति: १४:०६ बजे, बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











