Kathmandu Press

‘विकास र समृद्धिको चाहना अघि बढ्न सकेन’

दाङ, साउन १८ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताएका छन्।प्रेस चौतारी दाङले आज तुलसीपुरमा...
‘विकास र समृद्धिको चाहना अघि बढ्न सकेन’

दाङ, साउन १८ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताएका छन्।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाए। 

महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा नरहेकाे बताए। उनले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गरे।

पाँच दलीय गठबन्धनका बीचमा आफनो पार्टीको जनमत नघटेको दाबीसमेत उनले गरे। कार्यक्रममा दाङको समग्र विकासका लागि आफू गम्भीर रुपमा लागिरहेकोसमेत महासचिव पोखरेलले बताए। 

प्रकाशित मिति: १३:४४ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्