Kathmandu Press

विधेयकमा घाइते सुरक्षाकर्मीको माग समावेश गर्नुपर्ने भन्दै प्रदर्शन

काठमाडाैं, साउन १८ : बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीको माग...
विधेयकमा घाइते सुरक्षाकर्मीको माग समावेश गर्नुपर्ने भन्दै प्रदर्शन

काठमाडाैं, साउन १८ : बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीको माग समावेश गर्नुपर्ने भन्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरिएको छ। 

द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्थाले सशस्त्र द्वन्द्व कारण जनधनको क्षति बेहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै विधेयकमा आफुहरुको माग समावेश हुनुपर्ने जनाएका छन्।

सशस्त्र द्वन्द्वमा घाइते भएका सुरक्षाकर्मीको निशुल्क उपचार गर्नुपर्ने, सुरक्षाकर्मीका तर्फका द्वन्दपिडितलाई सार्क स्तरिय परिपुरण दिनुपर्ने, मानवअधिकारको गम्भीर उलंघनको परिभाषालाई पुन परिभाषित गर्नुपर्ने उनीहरुको माग छ।

द्वन्द्वपीडित सुरक्षाकर्मी संगठनका उपाध्यक्ष रिता कार्कीले आफूहरुको मागका बारेमा प्रधानमन्त्री लगाएतका सरोकारवाला निकायसँग छलफल गर्दा आफुहरुको माग पुरा गर्ने आश्वासन पाएको र थप दवावका लागि आन्दोलन गर्नु परेको बताए।

आफूहरुको माग पुरा नभए कडा संघर्षमा उत्रने चेतावनी उनीहरुले दिएका छन्।

 

प्रकाशित मिति: १३:१७ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्