बिग बास लिगको ड्राफ्टमा सन्दीप समावेश

काठमाडौं, साउन १८ : अष्ट्रेलियमा हुने बिग बास लिग (बीबीएल)को ड्राफ्टमा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने समावेश भएका छन् ।
बीबीएलमा यसअघि मेलबर्न स्टार्स र होबार्ट हुरिकेन्सबाट खेलेका सन्दीप यसपटक ड्राफ्टमा समावेश भएका हुन्।
बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो पटक ड्राफ्ट भएको हो । सन्दीपसहित ७१ नयाँ खेलाडी थपिएपछि ड्राफ्टका लागि १६९ विदेशी खेलाडीले नाम मनोनयन गराएका छन् ।
बिग बासका १२ औँ संस्करण डिसेम्बर १३ देखि सुरु हुँदैछ ।
प्रकाशित मिति: १३:०६ बजे, बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











