Kathmandu Press

इंग्लिस प्रिमियर लिगः टोटनह्यामद्धारा वेष्टह्याम ३–२ ले पराजीत 

एजेन्सी, मंसिर ८ : इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले छिमेकी प्रतिद्वन्द्वी वेष्टह्यामलाई ३–२ ले हराएको छ ।

चेल्सी र म्यानचेस्टर ....

इंग्लिस प्रिमियर लिगः टोटनह्यामद्धारा वेष्टह्याम ३–२ ले पराजीत 

एजेन्सी, मंसिर ८ : इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले छिमेकी प्रतिद्वन्द्वी वेष्टह्यामलाई ३–२ ले हराएको छ ।

चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक मोउरिन्होको टिम टोटनह्यामले सुरुवाती आधा घण्टा भने बराबरी खेलेको थियो । पुरै खेलमा हाबी भएको टोटनह्यामले ३६ औँ मिनेटमा खेलमा अग्रता लियो । उसका लागि सन हियुङ मिङले गोल गरे ।

उनले डेली अलीको पासको सदुपयोग गरेका थिए । त्यसपछि ४३ औँ मिनेटमा लुकास मोउराले मिङको पासमा गोल गरेपछि टोटनह्यामले पहिलो हाफमा दुई शून्यको अग्रता बनायो । त्यस लगत्तै ४९ औँ मिनेटमा हेरी केनले उत्कृष्ट फिनिस गरेपछि टोटनह्याम तीन शून्यले अगाडि रह्यो ।

तीन गोलले पछि परेको वेष्टह्यामले ७३ औं मिनेटमा एन्टोनियोले गोल गर्दै अन्तर तीन एकमा झारे । त्यसपछि ८९ औँ मिनेटमा वेष्टह्यामले दोस्रो गोल गरेपनि त्यसलाई मान्यता दिइएन । तर खेलको इन्जुरी समयको छैटौँ मिनेटमा एंगोलको गोलमा वेष्टह्यामले गोल गर्दै अन्तर तीन २ मा पुर्‍यो र टोटनह्याम तीन दुइले विजयी भयो ।

जितसँगै उसले अंक तालिकामा १८ अंक बनाएको छ । यसका साथै लिगमा पछिल्ला पाँच खेलमा उसको यो पहिलो जित हो ।

प्रकाशित मिति: ०७:३७ बजे, आइतबार, मंसिर ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्