Kathmandu Press

ललितपुरको पुल्चोकमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला 

काठमाडौं, साउन १८ : ललितपुरको पुल्चोकमा एक पुरुष मृत फेला परेका छन् । पुल्चोकस्थित एक घरमा डेरा गरी बस्दै आएका पुरुष बुधबार बिहान मृत...
ललितपुरको पुल्चोकमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला 

काठमाडौं, साउन १८ : ललितपुरको पुल्चोकमा एक पुरुष मृत फेला परेका छन् । पुल्चोकस्थित एक घरमा डेरा गरी बस्दै आएका पुरुष बुधबार बिहान मृत फेला परेका ललितपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।

पुल्चोकमा मःम पसल सञ्चालन गर्दै आएका उनी बिहान अबेरसम्म पनि पसल खोल्न नआएपछि छिमेकीहरु उनलाई बोलाउन उनको डेरामा पुगेका थिए । ढोका नखुलेपछि छिमेकीहरुले नै भ¥याङ लगाएर उनको डेरामा हेरेका थिए । छिमेकीले उनी झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

डीएसपी जिसीका अनुसार उनको परिचय खुलिसकेको छैन । पुल्चोक क्षेत्रमा कुमार नामले चिनिने उनी ३० वर्षयता काठमाडौंं बस्दै आएका छन् । उनी १० वर्षदेखि उक्त घरमा डेरामा बस्दै आएका छन् । २२ दिनअघि उनको श्रीमतीको निधन भएको पनि स्थानीयले बताएका छन् । 

अहिले प्रहरीको टोली घटनास्थलमा छ। मुचुल्का उठाएर शवको पोष्टमर्टमको लागि पाटन अस्पताल लग्ने तयारी छ। 

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्