Kathmandu Press

कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्नाकाे व्यवस्था मिलाउन बोर्डकाे निर्देशन

काठमाडौं, साउन १८ : राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तसम्म कक्षा ११ मा विद्यार्थी भर्ना हुने व्यवस्था मिलाउन विद्यालय तथा शिक्षणसंस्थाहरुलाई निर्देशन दिएको छ...
कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्नाकाे व्यवस्था मिलाउन बोर्डकाे निर्देशन

काठमाडौं, साउन १८ : राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तसम्म कक्षा ११ मा विद्यार्थी भर्ना हुने व्यवस्था मिलाउन विद्यालय तथा शिक्षणसंस्थाहरुलाई निर्देशन दिएको छ ।

बोर्डले आज (बुधबार) एक सूचना जारी गरेर छोटो समय मात्र म्याद राखेर भर्ना आह्वान गर्दा दुर्गम क्षेत्रका विद्यार्थी आवेदन दिने अवसरबाट वञ्चित हुने गुनासा आएको भन्दै साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सम्बन्धित सबै विद्यालय/क्याम्पसहरूलाई सूचित गरेको हो।

‘विभिन्न विद्यालय÷क्याम्पसहरूले फरकफरक भर्ना तालिका तय गरी छोटो समयको मात्र म्याद राख्दा दुर्गम क्षेत्रका विद्यार्थी भर्ना आवेदन दिने अवसरबाट वञ्चित भएको भनी बोर्डमा प्राप्त गुनासाहरुका सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ,’ सूचनामा उल्लेख छ, ‘एसईईको नतिजा सार्वजनिक भएको न्यूनतम १५ दिनसम्म आवेदन दिन सक्ने गरी भर्ना कार्यक्रम तय गरी साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउनु हुन सूचित गरिन्छ।’

बोर्डले स्थानीय तहरुलाई कक्षा ११ को भर्नामा समन्वय र सहजीकरण गरी कक्षा सञ्चालनलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरेको छ।

साउन ११ गते एसईईको नतिजा सार्वजनिक गरिएको थियो। कतिपय विद्यालय र शिक्षण संस्थाले प्रि–रजिस्ट्रेसनका नाममा विद्यार्थी भर्ना गरिसकेका छन् भने कतिपयले आवेदन दिने म्याद सकिएको भन्दै प्रवेश परीक्षा सञ्चालन गरिरहेका छन्।

प्रकाशित मिति: १२:३४ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्