Kathmandu Press

उकालो लाग्दै कोरोना ग्राफ, साउन महिनामै थपिए ३७ सय संक्रमित

काठमाडौं, साउन १८ : नेपालमा कोरोना महामारीको चौथो लहर सुरु भएको छ । छिमेकी मुलुक भारत र विश्वका अन्य मुलुकहरुमा कोरोना महामारी बढेसँगै नेपालमा...
उकालो लाग्दै कोरोना ग्राफ, साउन महिनामै थपिए ३७ सय संक्रमित

काठमाडौं, साउन १८ : नेपालमा कोरोना महामारीको चौथो लहर सुरु भएको छ । छिमेकी मुलुक भारत र विश्वका अन्य मुलुकहरुमा कोरोना महामारी बढेसँगै नेपालमा पनि दैनिक संक्रमितको संख्या बढ्न थालेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्ममा कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ । वर्षायाम सुरु भएसँगै कोरोना संक्रमणको दर पनि बढ्न थालेको हो । 

मंगलबार ५ हजार ४१५ जनामा गरिएको परीक्षणमा  ८१४ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबार ५ हजार ९०९ मा परीक्षण गर्दा ८९५ संक्रमित थपिएका थिए । सरकारले पछिल्लो समय कोरोना संक्रमण बढेकाले स्वास्थ्य मापदण्ड कडाईका साथ लागु गर्न निर्देशन दिइसकेको छ ।

मन्त्रालयका अनुसार साउन महिनामा तीन हजार  ७०५ संक्रमित थपिएका छन्, भने १७ जना संक्रमितको मृत्यु भएको छ। 

यस्तो छ साउन महिनाको कोरोना ग्राफ : 

मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ८७ हजार ७३७ पुगेको छ भने एन्टीजेनतर्फ  १ लाख ४३ हजार २०१ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ९ लाख ७० हजार ६२५ पुगेको छ भने हालसम्म ११ हजार ९६८ जना संक्रमितको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: १२:०७ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्