Kathmandu Press

प्रहरी समायोजन गर्न मधेस सरकारकाे आग्रह

जनकपुरधाम, साउन १८ : मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ। मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद...
प्रहरी समायोजन गर्न मधेस सरकारकाे आग्रह

जनकपुरधाम, साउन १८ : मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ। मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी एक साताभित्र प्रहरी समायोजन गर्न संघीय  सरकारसँग आग्रह गरे। 

'हामीले पटकपटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौं,' उनले भने, 'तर संघीय सरकारले कुनै गम्भीरता देखाएको छैन, एक सातासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर संघीय सरकार विरुद्ध संघर्षमा उत्रिन्छौं।'

प्रहरी समायोजनका लागि सङ्घीय सरकारलाई दबाब दिन यही साउन २२ गते प्रदेश प्रमुखमार्फत सङ्घीय सरकारलाई ज्ञापनपत्र पठाउने मन्त्री साहको भनाइ थियो।

प्रदेशका सबै राजनीतिक दल, प्रदेशसभाका सांसद, सरकारका प्रतिनिधि समेतले प्रदेश प्रमुखमार्फत सरकारलाई ज्ञापनपत्र पठाउने जनाउँदै मन्त्री साहले ज्ञापनपत्र पश्चात पनि प्रहरी समायोजन नभए एक सातापछि चरणबद्ध आन्दोलनमा उत्रिने बताए। 

केही साताअघि जनकपुरधाममा भएको सातै प्रदेशका गृहमन्त्रीको सामूहिक बैठकले तत्काल प्रहरी समायोजन गर्न आग्रह गरेको र मधेस प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा छुट्टै आग्रह गरेपनि सङ्घीय सरकार त्यसतर्फ ध्यान नदिएको गुनासो गर्नुहुँदै मन्त्री साहले संविधानले प्रदेश सरकारलाई दिएको अधिकारसमेत सङ्घीय सरकारले खोस्ने, अपव्याख्या गर्ने र आश्वासन मात्रै दिने गरेकोले बाध्य भएर प्रदेश सरकार सङ्घर्षमा उत्रिन लागेको उल्लेख गरे। 

प्रकाशित मिति: १२:०३ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्