Kathmandu Press

केराबारीमा पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन, साउन १८: एक दिनपछि सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ।चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा गएराति २ बजे फेरि...
केराबारीमा पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन, साउन १८: एक दिनपछि सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ।

चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा गएराति २ बजे फेरि पहिरो खसेको जिल्ल प्रहरी कार्यालय, चितवनका डीएसपी नरहरि अधिकारीले बताए। पहिराले सडक फेरि अवरुद्ध भएको छ।

यसअघि सोमबार राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। मंगलबार दिनभर लागेर पहिरो पन्छाएपछि राति १० बजेदेखि सञ्चालनमा आएको थियो।

सञ्चालनमा आएको चार घण्टामै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको डीएसपी अधिकारीले बताए। उनका अनुसार केराबारीमा पहाडको ढिस्को सहित पहिरो खसेको छ।

सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रु बाटोमै रोकिएका छन्। सडकमा गाडीका लामो लाइन लागेको छ।

यो सडकमा बारम्बार पहिरो खस्दै आएको छ। वर्षायाम शुरु भएयता दर्जनौं पकट सडक अवरुद्ध भएको छ।

 

प्रकाशित मिति: ०७:०४ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्