पहिरोले गएरातिबाट मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम, साउन १८ : पहिरोले गएरातिदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।रुकुम (पूर्व) को भूमे गाउँपालिका–३ दोमैमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो।...
रुकुम, साउन १८ : पहिरोले गएरातिदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
रुकुम (पूर्व) को भूमे गाउँपालिका–३ दोमैमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो। सडक माथिबाट ठूलो पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार सडकमा पहिरोसँगै ठूलठूला ढुङ्गासमेत झरेका छन्। तत्काल पहिरो हटाउन सम्भव नभएको डाँगीले बताए।
राजमार्ग अवरुद्ध हुँदा कयौं सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गहुँदै काठमाडौं, पोखरा, बागलुङ र रोल्पाबाट आएका यात्रु भूमे गाउँपालिका–२ काँक्री र खाबाङमा बस्न भनिएको र रुकुम (पश्चिम) बाट आउनेलाई रुकुमकोटमै बास बस्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए।
प्रकाशित मिति: ०६:५० बजे, बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











