महिला टिमको बन्द प्रशिक्षणबाट बाहिरिए २३ खेलाडी
काठमाडौं, साउन १७ : घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको तयारी लागि सुरु भएको बन्द प्रशिक्षणबाट २३ खेलाडी बाहिरिएका छन्। मुख्य प्रशिक्षक...
काठमाडौं, साउन १७ : घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको तयारी लागि सुरु भएको बन्द प्रशिक्षणबाट २३ खेलाडी बाहिरिएका छन्। मुख्य प्रशिक्षक कुमार थापाले मंगलबार बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट २३ खेलाडीलाई टिमबाहिर राखेका हुन्।
अब बन्द प्रशिक्षणमा २३ खेलाडी छन्। केही दिनको बन्द प्रशिक्षण पछि मुख्य प्रशिक्षक थापाले साफ च्याम्पियनसिपका लागि महिला टिमको छनोट गर्ने छन्।
प्रतियोगिता दशरथ रंगशालामा भदौ २१ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने छ। प्रतियोगितामा नेपाल भुटाटा र श्रीलंकासँगै समूह बीमा छ। समूह एमा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा भुटानको सामाना गर्ने छ। यस्तै, नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्नेछ। समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्।
प्रकाशित मिति: २०:३४ बजे, मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











