Kathmandu Press

नेपालगञ्जबाट गाईको मासुसहित दुई पक्राउ

बाँके, साउन १७ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट आज प्रहरीले गाईको मासुसहित दुई जनालाई पक्राउ गरेको छ।गाई काट्दै गरेको सूचनाको आधारमा गएको...
नेपालगञ्जबाट गाईको मासुसहित दुई पक्राउ

बाँके, साउन १७ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट आज प्रहरीले गाईको मासुसहित दुई जनालाई पक्राउ गरेको छ।

गाई काट्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१७ थुकैलाका ४६ वर्षीय सलाउद्दीन जोलाहा र सोही ठाउँका ५३ वर्षीय बदरुद्दीन जोलाहालाई डेढ क्विन्टल गाईको मासुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

उनीहरुसँग गाई काट्न प्रयोग हुने औजारसमेत प्रहरीले बरामद गरेको छ। उनीहरुमाथि गौबधसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:१८ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्