Kathmandu Press

एसिया कप समूह विभाजन : भारत र पाकिस्तान एकै समूहमा

काठमाडौं, साउन १७ : एसियन क्रिकेट काउन्सिल एसिसीले युएईमा आयोजना हुने एसिया कप क्रिकेटको तालिका सार्वजनिक गरेको छ । एसिसीले मंगलबार सार्वजनिक गरेको...
एसिया कप समूह विभाजन : भारत र पाकिस्तान एकै समूहमा

काठमाडौं, साउन १७ : एसियन क्रिकेट काउन्सिल एसिसीले युएईमा आयोजना हुने एसिया कप क्रिकेटको तालिका सार्वजनिक गरेको छ । एसिसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार विश्व क्रिकेटको दुई परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तान एउटै समूहमा परेका छन् ।

भारत र पाकिस्तान समूह ए मा परेका छन्। यी दुईसँगै समूह एमा छनोट भएर आउने (कुवेत, हङकङ, सिंगापुर र कुवेत) एक टिम रहेनछ। यस्तै समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

युएईमा आयोजना हुने प्रतियोगिता दुवै समूहका शीर्ष दुई टिमले सुपर चारमा पुग्नेछन्। सुपर चार सिंगलल राउन्ड रोबिनका आधारमा हुनेछ । सुपर चारक शीर्ष दुई टिम फाइनल पुग्ने छन्।

प्रकाशित मिति: २०:१६ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्