Kathmandu Press

जनतालाई चुस्त सेवा दिन प्रधानमन्त्रीको निर्देशन, कर्मचारीको सवारी साधन सुविधाबारे चासो 

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिहदरबारमा मन्त्री र सचिवहरुको बैठक बोलाई प्रधानमन्त्रीलाई जनताले सरकारबाट पाउने सुविधाहरु सहज र चुस्तदुरुस्त उपलव्ध गराउन निर्देशन दिएका  हुन् ।
जनतालाई चुस्त सेवा दिन प्रधानमन्त्रीको निर्देशन, कर्मचारीको सवारी साधन सुविधाबारे चासो 

काठमाडौं, साउन १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेवल टेवलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिहदरबारमा मन्त्री र सचिवहरुको बैठक बोलाई प्रधानमन्त्रीलाई जनताले सरकारबाट पाउने सुविधाहरु सहज र चुस्तदुरुस्त उपलव्ध गराउन निर्देशन दिएका  हुन् । ‘तपाईहरुले सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ प्रधानमन्त्रीले निर्देशन दिदै भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रुपमा काम गर्नुहोस् ।’

प्रधानमन्त्रीले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारी साधन सुविधा र इन्धन नदिन पनि निर्देशन दिएका हुन् । इन्धनको मुल्य बृद्धिसँगै यसले मुलुको विदेशी मुद्रामा असर गरिरहेका बेला उनले कानुनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधनको सुविधा  पाए नपाएको लगत हेरर कटौती गर्न निर्देशन दिएका हुन् । 

त्यस्तै प्रधानमन्त्रीले ६ महिनाभित्र तरकारी तथा फलफुल र एक बर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिए । विद्युत खपत बढाउने, निर्यातलाई प्रबद्धन गर्ने लगायतका कामहरु सबै मन्त्रालयले योजना बनाएर अघि बढ्न पनि प्रधानमन्त्रीको निर्देशन छ । 

उक्त बैठकमा सरकारका सबै मन्त्रीहरुले आर्थिक बर्षको बजेट र यसको कार्यन्वयनका विषयमा धारणा राखेका थिए ।

प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्