पर्यटन मन्त्रालयका उपसचिव ६ लाख रुपैयाँ घूससहित अख्तियारको फन्दामा
काठमाडौं, साउन १७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान...
काठमाडौं, साउन १७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो ।
उपसचिव नेपालले पर्यटन व्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीबाट ६ लाख रुपैयाँ लिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: १९:१० बजे, मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











