ओलीले गरे साना कम्युनिष्ट घटकलाई एकतामा आउन आह्वान
काठमाडौं, साउन १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बाहिर रहेका साना कम्युनिष्ट घटकलाई एकतामा आउन आह्वान गरेका छन् ।तुल्सीलाल अमात्यको...
काठमाडौं, साउन १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बाहिर रहेका साना कम्युनिष्ट घटकलाई एकतामा आउन आह्वान गरेका छन् ।
तुल्सीलाल अमात्यको २५ औँ स्मृति दिवसको अवसरमा मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले कम्युनिष्ट पार्टी सिद्धाउने दुष्ट उदेश्य भएका बामपन्थी भन्नेहरु गठबन्धनमा रहेको भन्दै गठबन्धन बाहिर रहेका कम्युनिष्ट बामपन्थी व्यक्तिहरु शक्तिहरुलाई पार्टी एकताका लागि आह्वान गरेका हुन् ।
ओलीले कम्युनिष्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनेहरु सच्चा बामपन्थी हुनै नसक्ने तर्क गरे । त्यस्तै उहाले जनादर्न शर्मामाथिको छानबिन पूर्ण नै नभएको भन्दै गठबन्धनले निर्लज्ज तवरले उनलाई नै अर्थमन्त्री बनाएको बताए । करको दर हेरफेरमा व्यक्तिमात्रै नभएर सिंगै सरकार र गठबन्धनको संलग्नता देखिएको उनको भनाई छ ।
त्यस्तै अध्यक्ष ओलीले वर्तमान सरकारको नेतृत्व गरिरहेको कांग्रेस देशद्रोही पार्टी भएको आरोप लगाए । मात्रिकाप्रसाद कोइरालाको नेतृत्वको सरकारले नै ११ साल देखि नै देशको हितबिपरितको सम्झौता हुन सुरु भएको उनले बताए ।
उनले मात्रिकाप्रसाद कोइरालाको तत्कालीन सरकारले नै उत्तरी छिमेकी देशको सिमानामा दक्षिणी छिमेकीको फौज लगेर राखेको र स्वाधिवनता बिपरितको काम भएको आरोप पनि लगाए ।











