बंगलादेशसँग रोकियो नेपाल, फाइनलको आशा माल्दिभ्सको हातमा
काठमाडौं, साउन १७ : भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी यू–२० च्याम्पियनसिपको लिगको अन्तिम खेलमा नेपाल बराबरीमा रोकिएको छ। मंगलबार दिउँसो भएको तनावपूर्ण खेलमा...
काठमाडौं, साउन १७ : भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी यू–२० च्याम्पियनसिपको लिगको अन्तिम खेलमा नेपाल बराबरीमा रोकिएको छ। मंगलबार दिउँसो भएको तनावपूर्ण खेलमा नेपाल बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
यो बराबरीसँगै नेपालको फाइलन पुग्ने सम्भावना न्यून भएको छ । अब नेपाल फाइलन पुग्ने आशा माल्दिभ्सको हातमा छ । केही समयपछि सुरु हुने खेलमा माल्दिभ्सले भारतलाई हराए मात्र नेपाल फाइनल पुग्न सक्नेछ ।
यता, नेपाललाई बराबरीमा रोकेको बंगलादेश अपराजित रहँदै फाइलन पुगेको छ। उसले ३ जित र १ बराबरी खेल्यो । ७ अंक जोडेको नेपालले २ जित, १ बराबरी र १ हारको सामाना गरेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो सुरु हुने बित्तिकै तनाव सिर्जना भएको थियो । नेपाली खेलाडीलाई बंगलादेशी खेलाडीले खराब ट्याकल गरेपछि सुरु भएको विवादले झगडाको रुप लिएको थियो । त्यसपछि रेफ्रीले ३ रेडकार्ड दिएका छन्।
बंगलादेशका सहिदुल इस्लामले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाए थिए नेपालका दिपेश गुरुङले सिधै रातो कार्ड पाएका थिए । यस्तै, नेपालका सब्टिच्युट खेलाडी रोहित सुब्बाले समेत रातो कार्ड पाएका थिए।
६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले काउन्टरमा गोल गर्दै गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाए। तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेलालाई बराबरीमा ल्याए।
गोल गरेपछि नेपालले बंगलादेशलाई बादबा दिएको थियो । नेपाल सट पास गर्दै बंगलादेशलाई दबाबमा राख्दा उसले काउन्टरमा थुप्रै गोलका राम्रा अवसर सिर्जना गरेको थियो।











