Kathmandu Press

‘पार्टी एकताका लागि माओवादी र एकीकृत समाजवादीसँग छलफल चलिरहेको छ’  

काठमाडौं, साउन १७ : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसंग छलफल भइरहेको दावी गरेका छन्। मंगलबार...
‘पार्टी एकताका लागि माओवादी र एकीकृत समाजवादीसँग छलफल चलिरहेको छ’  

काठमाडौं, साउन १७ : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसंग छलफल भइरहेको दावी गरेका छन्। 

मंगलबार भैरहवामा सञ्चारकर्मीसंग कुरा गदै गौतमले निर्वाचन अघि एकता हुन नसके माओवादी केन्द्र र एकीकृत समाजवादीसंग चूनावी मोर्चा बनाउने बताए । उनले अहिले नै एमालेसंग एकता नहुने स्पष्ट पारे । 

आफुसंगको भेटमा एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समााजवादीसंग पार्टी एकता र माओवादीसंग कार्यरत एकता हुन सक्ने बताएको गौतमले बताए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी सहभागी जनाउने बताए। 

गौतमले सधैंभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने तर्क गरे।
 

प्रकाशित मिति: १७:३० बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्