एकैदिन ८१४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो
मन्त्रालयका अनुसार २ हजार ७६२ नमूनाको पीसीआर परीक्षण गर्दा ५०९ र २ हजार ६५३ नमूनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं, साउन १७ : मुलुकभर एकैदिन ८१४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार २ हजार ७६२ नमूनाको पीसीआर परीक्षण गर्दा ५०९ र २ हजार ६५३ नमूनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा २९९ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ८७ हजार ७३७ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ४३ हजार २०१ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ९ लाख ७० हजार ६२५ पुगेको छ भने हालसम्म ११ हजार ९६८ जना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल देशभर ५ हजार १४४ सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: १७:०० बजे, मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











