जनता, पशुचौपाय र बालीको विमा गर्नुपर्ने सांसद गौतमको माग
काठमाडौं साउन १७ : नेपाली कांग्रेस प्रतिनिधि सभाका सदस्य सञ्जय कुमार गौतमले बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय, पशुचौपाय र बालीको जीवन...
काठमाडौं साउन १७ : नेपाली कांग्रेस प्रतिनिधि सभाका सदस्य सञ्जय कुमार गौतमले बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय, पशुचौपाय र बालीको जीवन विमा गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको बिशेष समयमा बोल्दै मध्यवर्ती क्षेत्रमा मानव र बन्यजन्तुको द्धन्द्ध वढिरहेको भन्दै स्थानीय, पशुचौपाय र बालीको जीवन विमा गर्नुपर्ने बताएका हुन्।
गौतमले भने, ‘बन्यजन्तुका कारण स्थानीयहरु कष्टकर जीवन बिताउन बाध्य छन्, निकुञ्ज प्रशासन आम सर्वसाधरणप्रति अनुदार छ, मध्यवर्ती क्षेत्रमा रहेका जनताहरुको जीउधन, घरगोठ, पशुचौपाय र अन्नवालीको संरक्षण हुन सकेको छैन्, त्यस स्थानमा बसोबास गर्ने स्थानीयको २५ लाख बराबरको जीवन बिमा, निःशुल्क उपचार खर्च, निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पक्की तारजालीको अबिलम्ब व्यवस्थापन र अन्नवालीको विमा अनिवार्य गर्न सरकारसँग जोडदार माग गर्दछु।’
उनले नेपालमा वाघको संख्या वढ्नु ऐतिहासिक उपलब्धी भएको भन्दै संरक्षणका अभियान्ता, निकुञ्ज विभागका कर्मचारीहरु, सुरक्षाकर्मी, चोरी शिकारी नियन्त्रणमा लाग्ने युवा र सम्पूर्ण स्थानीयहरुलाई धन्यवाद समेत दिए । बाघको संख्या वढ्नु गौरबको कुरा भएतापनि वाघको संख्या वढेसँगै मानव वन्यजन्तु द्वन्द्वका कारण मध्यवर्ती क्षेत्र आसपासका वस्ती जोखिममा पर्ने हुँदा आवश्यक नीति, नियम नै बनाउनुपर्नेमा सरकारले ध्यान दिनुपर्ने गौतमले बताए।











