Kathmandu Press

भूकम्प प्रभावितको पुनःस्थापनाका लागि ध्यानाकर्षण

काठमाडौं, साउन १७ : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले)का प्रमुख सचेतक एवम् सांसद विशाल भट्टराईले खोटाङ केन्द्रविन्दु भएर गएको भूकम्पको क्षतिको अविलम्ब विवरण सङ्कलन...
भूकम्प प्रभावितको पुनःस्थापनाका लागि ध्यानाकर्षण

काठमाडौं, साउन १७ : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले)का प्रमुख सचेतक एवम् सांसद विशाल भट्टराईले खोटाङ केन्द्रविन्दु भएर गएको भूकम्पको क्षतिको अविलम्ब विवरण सङ्कलन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन्। 

बैठकको विशेष समयमा बोल्दै उनले भूकम्पबाट भएको क्षतिको तत्काल विवरण सङ्कलन गरेर विस्थापितहरुलाई स्थापित गर्न माग आग्रह गरे। 

्विपद् व्यवस्थापन प्राधिकरण सक्रिय नभएको र सरकारी तवरबाट पनि क्षति सङ्कलन सुस्त भएको भन्दै सांसद भट्टराईले क्षतिको विवरण लिएर पीडितलाई राहत दिन आग्रह गरे। उनले भूकम्पले खोटाङ जिल्ला र आसपासका क्षेत्रका जनतालाई त्रसित तुल्याएको बताए। घटनामा प्रहरी चौकी, विद्यालय, सहकारी भवन आदिमा आंशिक क्षति पुगेको तथा जिल्लाका ४७५ वटा घर चर्किएको र केही घर पूर्ण रुपमा क्षति भएको विवरण रहेको भन्दै पुनःस्थापनाको कामलाई अविलम्ब अघि बढाउन आग्रह गरे। 

यही साउन १५ गते खोटाङको साकेला गाउँपालिका–५ स्थित मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम गएको थियो।

सांसद भट्टराईले हालै सरकारले नेकपाको विप्लव समूहलाई कारबाहीको पत्राचार गरेको समाचार आएको भन्दै उक्त पत्र फिर्ता लिएर त्यस्ता समूहको शान्तिपूर्ण बाटो रोज्ने प्रस्तावलाई प्रोत्साहन गर्न अनुरोध गरे। तत्कालीन सरकारसँग तीनबुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याइएको विप्लव र सिके राउत समूहलाई शान्तिपूर्ण बाटोमा प्रोत्साहन गरिनुपर्नेमा जोड दिए।   

प्रकाशित मिति: १५:१२ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्