मोरङबाट ३६ किलो गाँजासहित एक युवक पक्राउ, दुई फरार
विराटनगर, साउन १७ : मोरङ प्रहरीले ३६ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जहदा गाउँपालिका–२ का २५ वर्षीय मुकेश गुरुङ रहेका छन्...
विराटनगर, साउन १७ : मोरङ प्रहरीले ३६ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जहदा गाउँपालिका–२ का २५ वर्षीय मुकेश गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार नेपालबाट भारतको जोगवनीतर्फ गाँजा तस्करी हुँदै गर्दा तस्कर र प्रहरीबीच जम्काभेट भएको थियो । तीन जनाले गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपनि प्रहरीले एकजनालाई मात्र नियन्त्रणमा लिन सफल भएको हो ।
बाँकी दुई जना भने प्रहरी देख्नेबित्तिकै फरार भएका थिए । फरार भएका दुईको खोजी भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका गुरुङलाई र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको उनले बताए ।
प्रकाशित मिति: ११:५९ बजे, मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











