Kathmandu Press

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण 

काठमाडौं, साउन १७ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको  हो...
प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण 

काठमाडौं, साउन १७ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

सोमबार पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको  हो । मुख्यमन्त्रीसँगै उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईलाई संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । 

उनका अनुसार सोमबार मुख्यमन्त्रीसहित उनका परिवारका सदस्यहरु सचिवालय, निवासका सुरक्षाकर्मी र कर्मचारीलगायत १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो।

मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

प्रकाशित मिति: १०:१९ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्