Kathmandu Press

पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

चितवन, साउन १७ : पहिरोले नारायणगढ-मुग्लिन सकड फेरि अवरुद्ध भएको छ।गएराति ११ बजे पहिरो खसेपछि नारायणगढ-मुग्लिन सकड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, चितवनले...
पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

चितवन, साउन १७ : पहिरोले नारायणगढ-मुग्लिन सकड फेरि अवरुद्ध भएको छ।

गएराति ११ बजे पहिरो खसेपछि नारायणगढ-मुग्लिन सकड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। भरतपुर महानगरपालिका २९ केराबारीमा ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि अधिकारीले बताए।

यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको उनले बताए। यसैगरी, इच्छाकामना गाउँपालिका ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ।

यसअघि आइतबार राति पनि पहिरो गएको थियो। सोमबार बिहानै पहिरो पन्छाएर सडक सञ्चालनमा आएको थियो। फेरि गएरातिदेखि सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन तथा यात्रु बाटोमै रोकिएका छन्। सवारी साधनको लामो लाइन लागेको प्रहरीले जनाएको छ।

पानी परिरहेकाले पहिरो पन्छाउन गाह्रो भएको डीएसपी अधिकारीले बताए। सडक नखुल्दासम्म यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति: ०८:२३ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्