Kathmandu Press

साफ च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं, साउन १७ : साफ यू-२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाल र बंगलादेश...
साफ च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं, साउन १७ : साफ यू-२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्नेछन्। नेपाल र बंगलादेशको खेल अपराह्न ४ः१५ बजे हुनेछ।

नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार ब्यहोर्दै ६ अंकका साथ तेस्रो स्थानमा छ। बंगलादेशमा भने तीनै खेलमा जित हासिल गरेर ९ अंकसहित शीर्षस्थानमा छ।

त्यस्तै, तीन खेलमा दुई जित र एक हार ब्यहोरेको भारत पनि ६ अंकसहित गोल अन्तरका आधारमा नेपालभन्दा माथि दोस्रो स्थानमा छ। अंक तालिकाको शीर्षस्थानमा रहेका दुई टोली उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

नेपालले फाइलनमा पुग्न बंगलादेशलाई हराउनुपर्नेछ भने मालदिभ्सले पनि भारतलाई हराउनुपर्नेछ वा बराबरी खेल्नुपर्नेछ। आजै साँझ ७ः१५ बजे भारत र मालदिभ्स भिड्नेछन्।

 

प्रकाशित मिति: ०७:४३ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्