Kathmandu Press

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १७ : मनसुनी वायुको प्रभावले आज पनि देशभर मौसम बदली हुने भएको छ भने केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।जल...
देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १७ : मनसुनी वायुको प्रभावले आज पनि देशभर मौसम बदली हुने भएको छ भने केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित छ। जसले गर्दा अहिले प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केहि र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पहिरो जाने र नदीमा बाढी आउनसक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति: ०७:३२ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्