Kathmandu Press

निर्वाचनमा महिलाको उम्मेदवारी बढाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं, साउन १६ : निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ। प्रतिनिधि सभा सदस्य अमृता...
निर्वाचनमा महिलाको उम्मेदवारी बढाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं, साउन १६ : निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ। 

प्रतिनिधि सभा सदस्य अमृता थापा मगर प्रस्तावक रहेको प्रस्तावमा विभिन्न दलबाट प्रतिनिधित्व गरेका सदस्यहरू लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई समर्थक रहेका छन्। 

प्रस्तावमा संघीय संसद्‌को प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने माग गरिएको छ। 

यस्तै, स्थानीय तहको निर्वाचनमा प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष, वडाध्यक्ष, जिसस प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तीमा ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने पनि प्रस्तावमा माग गरिएको छ।

प्रकाशित मिति: १८:४९ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्