Kathmandu Press

सर्लाहीको हरिपूर्वामा शौचालयको सेप्टिक ट्यांकीमा युवकको शव फेला

जनकपुरधाम, साउन १६ : सर्लाहीको हरिपूर्वामा एक युवकको शव शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको छ। उक्त शव हरिपूर्वा नगरपालिका–३ धनकौलका रामसोगारथ रायका छोरा १९ वर्षीय...
सर्लाहीको हरिपूर्वामा शौचालयको सेप्टिक ट्यांकीमा युवकको शव फेला

जनकपुरधाम, साउन १६ : सर्लाहीको हरिपूर्वामा एक युवकको शव शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको छ। 

उक्त शव हरिपूर्वा नगरपालिका–३ धनकौलका रामसोगारथ रायका छोरा १९ वर्षीय सुशीलकुमार यादवको रहेको प्रहरीले जनाएको छ। धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा उनको शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ।


सुशीलको शव सोमबार बिहान उनकै गाउँको राष्ट्रिय आधारभूत विद्यालयको पुरानो शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्तासमेत रहेका डिएसपी विजय यादवले जानकारी दिए।

शरीरमा धारिलो हतियारका नीलडाम देखिएकाले उनको हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ। डिएसपी यादवका अनुसार सुशीलको शव पोस्टमार्टम गराई आफन्तको जिम्मा लगाइएको छ। पोस्टमार्टमको रिपोर्ट प्राप्त भएपछि विस्तृत विवरण खुल्ने प्रहरीको भनाइ छ।

भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर आएका थिए। उनी शुक्रबारदेखि बेपत्ता भए पनि परिवारले प्रहरीलाई खबर गरेको थिएन।

प्रकाशित मिति: १८:१८ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्