नेपाली उद्योगमा स्वदेशी कामदार राख्न सरकारलाई निर्देशन
काठमाडौं, साउन १६ : संसदीय समितिले नेपाली उद्योगहरुमा विदेशी कामदार नराख्न सरकारलाई निर्देशन दिएको छ। सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिले...
काठमाडौं, साउन १६ : संसदीय समितिले नेपाली उद्योगहरुमा विदेशी कामदार नराख्न सरकारलाई निर्देशन दिएको छ।
सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिले श्रम मन्त्री शेरबहादुर कुँवरसँगको छलफलपछि नेपाली उद्योगहरुमा विदेशी मजदुरहरु राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लगत संकलन गर्न निर्देशन दिएको हो ।
समितिले त्यस्ता उद्योगहरुमा विदेशी कामदार राखिएको भए उनीहरुको ठाउँमा नेपाली कामदार राख्न पनि निर्देशन दिएको छ।
समितिले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण पठाउन मन्त्रालयलाई निर्देशन दिएको छ । समिति सभापति विमलप्रसाद श्रीवास्तवलेनेपाली उद्योगमा स्वदेशी कामदार राख्ने विषयमा आपसी सहयोगका लागि समिति सदस्यहरुलाई पनि सहभागी गराउन निर्देशन दिए ।
प्रकाशित मिति: १८:१६ बजे, सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











