Kathmandu Press

काभ्रेस्थली घटना : चारैजनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगियाे

काठमाडौं, साउन १६ : काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित एक घरमा मृत भेटिएका चार जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।प्रहरी तथा...
काभ्रेस्थली घटना : चारैजनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगियाे

काठमाडौं, साउन १६ : काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित एक घरमा मृत भेटिएका चार जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेपछि पोस्टमार्टमका लागि शव अस्पताल लगिएको हो।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीया सुनिता काप्री पाण्डे, ८ वर्षीय छोरा आसिक र १३ वर्षीया छोरी आसिका घरमै मृत भेटिएका थिए।

प्रारम्भिक अनुसन्धानमा गोरखा भीमसेन थापा गाउँपालिका–६ आश्राङ घर भई हाल काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले पत्नीसहित छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको आशंका गरिएको छ।

घटनास्थलमा चार पृष्ठको ‘सुसाइड नोट’ भेटिएको जानकारी प्रहरी दिए पनि त्यसमा के लेखिएको छ भन्नेचाहिँ खुलाइएको छैन। दिनेश झुन्डिएकै कोठाबाट सुसाइड नोट भेटिएको महानगरीय प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए। 

प्रकाशित मिति: १७:५६ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्