Kathmandu Press

पक्राउ पुर्जी जारी भएपछि विप्लवको चेतावनी : हातमा दही जमाएर बस्दैनौं

पक्राउ पुर्जी जारी भएपछि विप्लवको चेतावनी : हातमा दही जमाएर बस्दैनौं

काठमाडौं, साउन १६ : सरकारलाई नेत्रविक्रम चन्द ‘विप्लव’  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हात दही जमाएर नबस्ने चेतावनी दिएको छ। 

सो पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायत शीर्ष नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपाले सरकारको उक्त कदमप्रति खेद प्रकट गरेको हो। 

प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा नेकपाले तत्कालीन ओली सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न छाडेर उल्टै पक्राउ पुर्जी जारी गरिनुलाई शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने हर्कतका रुपमा लिएको लिइएको छ । 

नेकपाले थुनामा रहेका कार्यकर्ता अझै रिहा नगरिएको पनि गुनासो पोखेको छ । उसले नेकपासँगको सहमति कार्यान्वयनमा सरकार संवेदनशील नदेखिएको ठहर गर्दै तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन नभए हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । 

‘यसबाट भावी निम्तने गम्भिर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ। 


  

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्