काभ्रेस्थली घटना : सुनिताको माइती पक्षले अवराेध गरेपछि शव उठाउन ढिलाइ
काठमाडौं, साउन १६ : तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित एकै घरमा मृत भेटिएका चारजनाको शव उठाउन ढिलाइ भएको छ।पोस्टमार्टमका लागि शव उठाउन खाेजे पनि अवरोध सिर्जना...
काठमाडौं, साउन १६ : तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित एकै घरमा मृत भेटिएका चारजनाको शव उठाउन ढिलाइ भएको छ।पोस्टमार्टमका लागि शव उठाउन खाेजे पनि अवरोध सिर्जना भएको प्रहरीले जनाएको छ ।
घटनामा गोरखा भीमसेन थापा गाउँपालिका–६ आश्राङ घर भई हाल काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीया सुनिता काप्री पाण्डे, ८ वर्षीय छोरा आसिक र १३ वर्षीया छोरी आसिकाको शव सोमबार बिहान भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दिनेशले पत्नीसहित छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेका थिए।
मृत भेटिएकी सुनिताको माइती पक्षले घटनाको अनुसन्धान माग गर्दै अवरोध गरेपछि शव उठाउन ढिलाइ भएको प्रहरीले बताएको छ।
उनीहरुलाई चिन्नेजान्नेहरुका अनुसार दिनेश र सुनिताबीच बारम्बार झगडा हुन्थ्यो। दिनेशले सम्बन्धवच्छिेद गर्न चाहे पनि सुनिताले अस्वीकार गर्दै आएकी थिइन्। यसैबीचमा सुनिता बेलायत जाने तयारीमा थिइन्। सो विषयले पनि परिवारिक विवाद बढेको थियो।











