Kathmandu Press

उपत्यकामा थपिए ४५६ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ३७३ जना

काठमाडौं, साउन १६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ३ सय ७३, ललितपुरमा...
उपत्यकामा थपिए ४५६ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ३७३ जना

काठमाडौं, साउन १६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ३ सय ७३, ललितपुरमा ६६ र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ४४५ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ८ सय ७२, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा ३० रहेको मन्त्रालयले जनाएको छ।

सोमबार देशभर ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४  पुगेको छ।

प्रकाशित मिति: १६:१६ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्